aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गूगल र एप्पलले थाले कोरोना सूचना एप निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
गूगल र एप्पलले थाले कोरोना सूचना एप निर्माण

एजेन्सी । एप्पल र गुगल कम्पनि मिलेर कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएमा अलर्ट गराउन सक्ने प्रविधीको  बनाउने भएका छन्। दुबै कम्पनिले संयुक्त रुपमा यस्तो प्रविधीको विकास गर्न लागेका हुन् जसले कुनै ब्यक्ती कोरोना भाइरस संक्रमण भएको ब्यक्तिको सम्पर्कमा पुगेको छ भने सोबारे जानकारी गराउने छ।

बिबिसीका अनुसार कन्ट्याक्ट ट्रेसिङ्ग एप मार्फत यस्तो जानकारी दिन सकिने प्रविधीको  विकासमा दुबैले सहकार्य गर्न राजी भएका छन्। यसको परिक्षणका लागि दुबै कम्पनिले केही स्वयम् सेवक प्रयोगकर्ताको अपेक्षा गरेको छ जसमार्फत उनीहरुले सो प्रविधिको परिक्षण गर्न सकुन्।

उनीहरुले संयुक्त विज्ञप्ति निकालेर यसले ब्यक्तिको ब्यक्तिगत गोपनियता हनन नगर्ने दावी गरेका छन्। तर अमेरिकाको ह्वाइट हाउसले भने ब्यक्तिको व्यक्तिगत गोपनियतासँग प्रत्यक्ष जोडिने विषय भएकाले सो प्रविधि हेरेर मात्र यसबारेमा प्रतिक्रिया दिन सकिने बताएको छ।

प्रतिक्रिया दिनुहोस