
एजेन्सी । कोराना भाईरस पिडितको सहयोगका लागि फ्रान्स फुटबल संघको पहलमा नेयमार लगायत खेलाडीको तलब कटौती गर्न लागेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले ब्राजिलियन सुपरस्टार नेयमारको तलबमा ५० प्रतिशत कटौती गर्ने भएको हो ।
कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजीलमा आफ्नै घरमा बसेका छन् । नेयमारले कोरोना भाईरसविरुद्ध लड्न हालै मात्र युनिसेफ र सोलिडारिटी फन्डमार्फत सात लाख ५० हजार पाउन्ड आर्थिक सहयोग समेत गरेका थिए । युनिसेफले उक्त रकम कोरोनाको संक्रमणबाट पिडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्नेछ ।
यसैगरी फ्रान्स फुटबल संघले पीएसजीका नेयमारसँगै अन्य क्लबबाट धेरै पारिश्रमिक अर्थात् एक लाख भन्दा बढी युरो लिने खेलाडीको पारिश्रमिकमा ५० प्रतिशत, ५० हजार देखि एक लाख युरोसम्म लिनेको ४० प्रतिशत, २० देखि ५० हजार युरो लिनेको ३० प्रतिशत र १० हजार देखि २० हजार युरोसम्म लिनेको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस