aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धौलागिरि अस्पतालमा मन्त्रालयले पठायो तीन भेन्टिलेटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
धौलागिरि अस्पतालमा  मन्त्रालयले पठायो तीन भेन्टिलेटर

गलकोट । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पुर्‍याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई तीन भेन्टिलेटर पठाएको छ । दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिमयुक्त जिल्लामा पर्छ ।

कोरोना संक्रमितलाई अहिले आइसोलेसन वार्डमा राखी उपचार गराइरहेको अञ्चल अस्पताललाई स्वास्थ्य मन्त्रालयले दुई र गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

कोभिड १९ का बिरामीलाई श्वासप्रश्वासमा समस्या हुँदा तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भए पनि हालसम्म अस्पतालमा भेन्टिलेटर थिएनन् ।

स्वास्थ्य सेवा विभागका वरिष्ठ ल्याब टेक्निसियन धनप्रसाद पौडेलले दुई आधुनिक भेन्टिलेटर मन्त्रालयका तर्फबाट अस्पताललाई हस्तान्तरण गरेको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस