
काठमाडौं । नोवेल कोरोना भाईरसबाट विश्व आक्रन्त रहेको बेलामा पञ्चकन्या ग्रुपले बैशाख १ गते राष्ट्रिय गान गायर ऐकवद्धता जनाउन आग्रह गरेको छ । दुःखद समयमा मनोबल उच्च बनाउन आउदै गरेको नेपालीहरुको नयाँ वर्ष २०७७ बैशाख १ गते विहान ठिक ८ ः०० बजे सवैले विश्वव्यापी रुपमा राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने कार्यक्रम राखेको छ ।
यस मानवीय सङ्कटको विषम परिस्थितीमा संयमित बनौ, सुरक्षित र धैर्यतापुर्वक जो जहा जसरी रहनु भएको छ सोही स्थितिमा बसी सङ्कटलाई सामना गर्नु समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस