aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वडा अध्यक्षद्वारा ३०८ परिवारलाई राहत बितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
वडा अध्यक्षद्वारा ३०८ परिवारलाई राहत बितरण


वीरगन्ज । वीरगन्ज महानगरपालिकाले राहत विवरण गरेको छ । महानगरपालिका मेयर बिजयकुमार सरावगीले महानगरपालिकाको निर्णय अनुसार सबै वडामा राहत बितरण कार्यलाई प्राथमिकता दिनmलगाएका हुन । निबार दिउसो महानगरपालकाको वडा नम्बर २५मा वडा अध्यक्ष विश्वराज राउत कुर्मिको विशेष उपस्थितीमा मौजे श्रीसिया र भन्सार टोला श्रीसियामा रहेका ३०८परिवारलाई राहत सामग्री विवरण गरिएको छ । 

प्रत्येक परिवारलाई १५किलो चामल,डेढ किलो दाल,१ लिटर तेल र नमकको पाकेट सहितका समग्रीहरु बितरण गरिएको वडा कार्यालयले जनाएको छ । उक्त वडामा रहेको वाकि २ वटा रोल, ड्राइपोर्ट  र खलवाटोल श्रीसियामा आइतवार राहत बितरण गर्ने कार्यक्रम रहको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस