aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा कोरोना संक्रमितले अस्पतालभित्रै घाँटी काटेर आत्महत्या गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
भारतमा कोरोना संक्रमितले अस्पतालभित्रै घाँटी काटेर आत्महत्या गरे

भारत । भारतमा एक जना कोरोना संक्रमितले अस्पताल भित्र आत्महत्या गरेका छन् । भारतीय सञ्चार मात्तयमका अनुसार आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका हुन् ।

उनी तबलिगी जमातसँग सम्बन्धित व्यक्ति रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनी नयाँदिल्लीको निजामुद्दिनमा आयोजित धार्मिक सभामा सहभागी भएका थिए ।

कोरोना भाइरससँग सम्बन्धित लक्षण दखिएपछि उनलाई ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो । त्यसपछि शनिबार उनले अस्पतालको शौचालयमा गएर घाँटी काटेर आत्महत्या गरिएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस