aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भाटभटेनीद्वारा  सुदूर पश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
भाटभटेनीद्वारा  सुदूर पश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग

काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस  (कोभिड-१९) को परीक्षण एवं उपचारमा सहयोग पु(याउने  उदेश्यले सुदूर पश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ । 

भाटभटेनीका सन्चालक मीन बहादुर गुरुङले आइतबार सिङदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका थिए । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरेकी थिइन । सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ। 

कोरोना राहत कोषका  लागि  भाट भटेनीले उक्त सहयोग गरेको हो । मन्त्री मगरले सुदूर पश्चिम प्रदेश सरकारलाई  उक्त चेक हस्तान्तरण गर्नु हुनेछ । 

चेक ग्रहण गर्दै मन्त्री मगरले  भाट भटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद दिइन ।  विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न उनले सबैलाई आव्हान समेत गरेकी छिन ।  उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस