aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमालय एयरलाइन्सद्धारा कोभिड कोषमा  एक करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० चैत्र २०७६
हिमालय एयरलाइन्सद्धारा कोभिड कोषमा  एक करोड सहयोग

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईमार्फत उक्त सहयोग रकम हस्तातरण गर्नुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

यसैगरी नेपाल पर्वतारोहण सङ्घले पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको उपचार कोषमा रु पाँच लाख सहयोग गर्ने भएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै  सहयोग रकमले कोभिड सङ्क्रमण नियन्त्रण रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवम् उपभोग्य सामग्रीका निम्ति सहयोग पुग्ने विश्वास लिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस