aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कैलालीमा भेटिए अर्का कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
कैलालीमा भेटिए अर्का कोरोना संक्रमित

काठमाडौं । कैलालीमा थप  एक जनाका कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार कैलाली जिल्ला लम्की चुहाकी एक ६५ वर्षीय महिला नेपालमा कोरोना संक्रमणको तेह्रौँ व्यक्ति बनेकी छिन् । 

संक्रमित महिला विरगन्जबाट कैलाली गएकी हुन् । उनी विरगन्जमा व्यावसाय गर्दै आएकोमा लकडाउनको अघिल्लो दिन मात्र आफ्नो स्थायी घर कैलाली गएकी थिइनन् । 

पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको एक चिकित्सकले जनाएका छन् । उनका अनुसार अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ ।

तर, स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छैन । 

प्रतिक्रिया दिनुहोस