
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलालीको ६५ वर्षिय महिला र रौताहटको १९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको संख्या १४ पुगेको जनाएका हुन् ।
कैलाली जिल्ला लम्की चुहाकी एक ६५ वर्षीय महिला नेपालमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित महिला विरगन्जबाट कैलाली गएकी हुन् । उनी विरगन्जमा व्यावसाय गर्दै आएकोमा लकडाउनको अघिल्लो दिन मात्र आफ्नो स्थायी घर कैलाली गएकी थिइनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यता, रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ । क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार कोरोना विदेशबाट आएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस