aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

को होला कोरोना भाइरस बनाउने अपराधी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
को होला कोरोना भाइरस बनाउने अपराधी ?

कोरोना विरुद्ध अग्रपङ्क्ति लडिरहेका चिकित्सकहरूले भनिरहेका छन्– हाल देखिएको विश्वव्यापी स्वास्थ्य संकटसंग जुध्न सक्नेगरि उनीहरू तालिम प्राप्त थिएनन् । न त कोभिड १९ ले देखाएका लक्षण  र अगाडि सारेका चुनौतीलाई बुझ्न सक्ने क्षमता नै उनीहरू सँग छ । अमेरिकाको ब्रुकलिन स्थित माइमोनिड मेडिकल सेन्टरका फिजिसियन डाक्टर क्यामरुन किले साइडलले गत साता दुई वटा भिडियो पोस्ट गर्दै नयाँ र सोचनिय विषयहरू अगाडि सारे । 

उनका अनुसार कोरोना भाइरसले निमोनिया, गराउँछ भन्ने हाल सम्मको बुझाई गलत हो । अझ सोचनीय त के रह्यो भने कोरोना विरुद्ध लड्ने सर्वाधिक प्रभावकारी साधनकारुपमा व्याख्या गरिँदै आएको भेन्टिलेटरको वास्तवमै यसको उपचारमा काम नै छैन । उनको तर्क छ कोरोनाले शरीरमा अक्सिजनको मात्रा घटाउने हो । र सो अक्सिजनको भेन्टिलेटरको प्रयोग गर्दा बिरामीको स्वास्थ्यमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्छ । 

डाक्टर किले साइडरले दिएको सुझाव यो छ की हालको महामारीलाई हामीले नयाँ ढङ्गले हेर्नु पर्छ । कोरोनाको बारेमा यस्ता धारणा राख्ने उनी मात्र होइनन् । अरू धेरै चिकित्सकहरूले पनि कोरोनाको उल्झनलाई अहिले कै ढङ्गले बुझेर त्यस विरुद्ध लड्न सकिँदैन । केही त्यस्ता संम्भावनाहरु छन् । जस माथिको अध्ययन अहिलेको संन्र्दभमा उपयुक्त हुन्छ । 

कोरोना उत्पत्तिको प्रश्न 
केही मानिसहरू वर्तमान सङ्कटको रूपमा रहेको महामारीको उत्पत्ति र विकासबारे नै संशययुक्त धारणा राखिरहेका छन् । उनीहरू प्रकृतिमा आफ्नो यस खालको भाइरसको विकास हुन सक्ने कुरालाई नकार्छन् । धर्तिमाताले मानव जातिकै प्रतिकूल हुने गरी यस्ता भाइरसको विकास प्राकृतिकरुपमा निर्माण गरिन भन्ने विश्वास प्राकृतिक विकास क्रमका अध्यताहरु समेत मान्न तयार छैनन् । 

त्यसैले मानिसहरू अहिले के आशंका गरिरहेका छन् भने कुनै ठोस प्रमाण नभए पनि अहिलेको महामारी मानव निर्मित भाइरस कै कारण सिर्जना भएको हो । यस कारण मानव संहार गर्ने यो कसैको योजना हो । र त्यो काम अरू कसैले नभएर आफूलाई प्रकृति भन्दा माथि रहेको विश्वास गर्ने समुदायबाट नै निर्माण गरिएको हुनुपर्छ । 

यसो भन्ने केही आधारहरू पनि छन् । जस्तो की यो रोगको प्रकृति र लक्षण मापन गर्न नै नसकिने खालको छ । अनि यसका कारण, यसको  लक्षण देखिने समयावधि र मानिसहरूमा यो संक्रमणका विविध लक्षणहरूले के सङ्केत गर्छन् भने अत्यन्त योजनाबद्ध ढङ्गले यसको विकास गरिएको हो । जसलाई बुझ्न हाम्रो वर्तमान स्वास्थ्य विज्ञान असमर्थ छ । अनि हाम्रा स्वास्थ्य पूर्वाधारहरू यसको सामना गर्न सक्ने क्षमतामा छैनन् । 

अपराधी पहिचान कसरी गर्ने ?
मानवीय अपराध अनुसन्धान नै यो सङ्कट निम्त्याउने अपराधी सम्म पुग्ने उपयुक्त विधि हो । यो भाइरसले कुन ठाउँमा के कसरी र कस्ता मानिसहरूलाई समस्यामा पारेको छ भन्ने कुराको विश्लेषण अपराधी खोज्ने पहिलो पाइला बन्न सक्छ । मानव सभ्यतालाई नै खतरा बनेको यो सङ्कटको बीजारोपण कुनै व्यक्ति, संस्था वा राज्य जसले पनि गरेको हुन सक्छ । त्यसैले यसबारेको अनुसन्धानलाइ ती क्षेत्र, निकाय वा राष्ट्र तीर केन्द्रित गर्नु पर्छ । जसले जैविक हतियार निर्माणमा काम गरिरहेका थिए। 

सामान्यतया हत्या काण्डको समेत अपराधीको पहिचान र खोजीमा सहकार्य गर्ने विश्वभरका अपराध नियन्त्रण ब्युरोहरूले यो बेला एकजुट भएर अपराधी पहिचान गर्न लाग्न जरुरी छ । हरेक देशका जासुसी संयन्त्रहरू यो घटनाको पर्दाफास गर्न एक सूत्रीय ढङ्गले लाग्नुको विकल्प छैन । आवश्यकता अनुसार एउटा विश्वव्यापी सञ्जाल र संयन्त्र निर्माण गरेर सबै देशका सक्षम र होनहार जासुस र अनुसन्धान कर्ताहरू सक्रिय पार्ने हो भने अपराधीको पहिचान त्यति गाह्रो अवश्य पनि हुदैन् । 

जे होस कोरोना भाइरसका कारण सिर्जना भएको वास्तविक खतराको पहिचान, यस्तो सङ्कटमा विश्वलाई धकेल्नुको कारण  र यो संकटबाट कसलाई कस्तो प्रकारको आर्थिक लाभ वा हानी हुन्छ भन्ने कुराको निश्चय गर्ने हो भने मात्र पनि अनुसन्धान कता तिर सोझ्याउने भन्ने  निश्चित गर्न सकिन्छ । 

बेइमानी पुष्टि गर्ने आधारहरू  
कतिपय वैज्ञानिकहरूले टिप्पणी गरिरहेका छन् की कोरोना भाइरस सँग मिल्ने खालका भाइरसहरूबारेको अध्ययन, अनुसन्धान र निर्माण केही पहिले देखि नै भईरहेका थिए । कतिपयले त अमेरिकाको नर्थ क्यारोलाइना स्थित प्रयोगशाला र त्यहाँ सन् २०१५ ताका नै भएका प्रयोगहरू तर्फ पनि फर्केर हेर्ने सुझाई रहेका छन् । 

हुन पनि अमेरिकामा सन् २०१५ मा नै चमेराबाट भाइरस निकालेर अध्ययन गरिएको भन्ने समाचार चर्चित वेब पोर्टल नेचर डटकमले त्यसै बेला प्रकाशित गरेको थियो । “इन्जियर्ड ब्याट भाइरस स्टायर्स विवेक ओभर रिस्कि रिसर्च” शीर्षकमा १२ नोभेम्बर २०१५ मा प्रकाशित लेखमा त्यस प्रकारका गतिविधि भएको र त्यसले जोखिम सिर्जना गरेको विषयमा चर्चा गरिएको छ । त्यसैगरि, यूएसय टुडे डटकममा अमेरिकामा सञ्चालित बायोल्यावहरुमा भएका दुर्घटनाको चर्चा छ । “इनसाइड अमेरिकाज सेक्रेटिभ बायोल्याव्स” शीर्षकमा मे २८, २०१५ मा प्रकाशित खोजमुलक लेखले अमेरिकामा सञ्चालित गोप्य बायोल्यावहरुमा भएका सुरक्षा मामिलाका उल्लङ्घन, त्यसबाट मानिसमा थपिएको जोखिम र भाइरस चुहावटका विषयमा सूचना सार्वजनिक गरिएको थियो । 

सन् २०१४ मा अमेरिकाले त्यहाँको नेशनल इन्स्टिच्युट अफ हेल्थ मार्फत सञ्चालित सार्स, मर्स र इनफ्युन्जा माथि  भइरहेको गेन अफ फङसन (जिआृएप)को प्रयोग बन्द गर्‍यो । तर, सन् २०१७ डिसेम्बर १९ पछि भने त्यसलाइ फेरि सुरु गरियो । यसको अर्थ अमेरिकामा कोरोना भाइरस सम्बन्धीको रिसर्च त्यस यता जारी थियो । एबिआइले कोरोना संक्रमण फैलने बित्तिकै अमेरिकाका सबै यस्ता प्रयोगशाला माथि अनुसन्धान गर्न थाल्नु आफैमा सन्देह उत्पन्न गराउने प्रमाण हो । 

त्यस बाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पम्पियोले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्नुले कतै चीन नै यसका लागि दोषी त छैन भनेर हेर्न सक्ने आधार खडा गरिदिएका छन् । चीन बाहेक यस्ता बायोल्याव सञ्चालन गर्ने रुस, ब्रिटेन, फ्रान्स, जर्मन लगायतका मुलुक पनि अनुसन्धानको घेरामा पर्छन् । 

इजरायल पनि शङ्काको घेरामा
कोरोनाको महामारी फैलन सुरु गर्ने बित्तिकै इजरायली सेनाका पूर्व जासुस प्रमुख डेनी सोहामले हतार हतार यसलाई चीनको जैविक युद्धको थालनी भन्दै टिप्पणी गर्नु समेत कर्तै चोरले खुट्टा काटिने डरले पहिले नै खुट्टा ताने जस्तो त होइन भनेर हेर्न सकिन्छ । 

इजरायली नेता बेन्जामान नेत्यान्याहूले पहिलो पटक शासन सुरु गर्दा नै प्यास्टिाइनका उदाउँदा हमाश नेता खालिद मेसहालको हत्या गर्न त्यस बेला उनी माथि एक प्रकारको विष आक्रमण गरिएको थियो । तर, उनका अङ्ग रक्षकले ती आक्रमणकारीलाई पक्राउ गर्न सफल भएपछि योजना विफल भएको थियो । 

अहिले इजरायल तिर औलो ठड्याउन मिल्ने एउटा प्रमुख कारण के हो भने जैविक हतियार विरुद्धको सम्झौतामा इजरायलले अहिलेसम्म पनि हस्ताक्षर गरेको छैन । त्यति मात्रै होइन इजरायलले कोरोना भाइरस विरुद्धको खोप तयार भइसकेको र यसको परीक्षण समेत गरिएको भनेर दाबी गर्नु आफैमा शंकास्पद छ । 

प्रश्न के हो भने के इजरायलले कोरोना र यसको विरुद्धको खोपको एकै साथ विकास गरेको हो  ? नत्र कोरोनाको संक्रमण फैलन र यसका लक्षणहरूबारे पुर्णरुपमा जानकारी नहुँदै कसरी त्यस विरुद्धको खोप निर्माण सम्भव भयो ? अनि त्यसको परीक्षण समेत भइसक्यो भनेर इजरायल के आधारमा दाबी गरिरहेको छ ?   
  
 

प्रतिक्रिया दिनुहोस