
एजेन्सी । कोरोना भाइरसको बढ्दो घटनाहरूको बीचमा अमेरिकामा विपदका कारण धेरै मानिसको मृत्युका बारेमा एउटा बढ्दो समाचार आएको छ । विज्ञहरू भन्छन्, अमेरिकीहरुमा मोटोपनाका कारण १९१८ स्पेनिश फ्लु जस्तो महामारीको जोखिममा पार्न सक्छन । सीडीसीका अनुसार अमेरिकी वयस्क जनसंख्याको ४२.४ प्रतिशत र बच्चाहरू १८.५ प्रतिशत मोटोपनबाट ग्रस्थ छन् ।
मोटोपनाले शरीरमा थुप्रै रोगहरू निम्त्याउँछ, टाइप २ मधुमेह, स्ट्रोक, हार्ट अट्याक र क्यान्सर आदि रोग मोटो पन भएका व्यक्तिहरुमा बढी हुने सम्भावना हुन्छ । फ्रान्सेली महामारीविद भन्छन्, कोरोना भाइरस संक्रमित व्यक्तिको वजन आवश्यक भन्दा बढी भयो भने यो महामारीले तिनीहरूको जीवनलाई जोखिममा पार्न सक्छ ।
सरकारलाई महामारीको बारेमा सल्लाह दिने प्रोफेसर जीन डेलफ्रेसीका अनुसार २५ प्रतिशत फ्रान्सेली मानिसहरूलाई उमेर, पहिलेका बिरामी र मोटोपनाका कारण भाइरस फैलाउने गम्भीर जोखिममा छ ।
डेलफ्रासीका अनुसार अमेरिकामा मानिसहरु मोटोपनाको बढ्दो स्तरका कारण कोरोनाको बढी जोखिममा रहेको बताएका छन् । अहिले ४२.४ प्रतिशत अमेरिकी वयस्कहरू गम्भिर मोटापनबाट पीडित छन् ।
डेल्फ्रासीले फ्रान्सिन्फो रेडियोलाई भने, ’यो भाइरस डरलाग्दो हुन सक्छ । यो मोटोपन भएका युवालाई सजिलै शिकार बनाउन सक्छ, अधिक वजन भएका व्यक्तिहरू धेरै होशियार हुनुपर्ने सुझाव दिएका छन ।
विशेषज्ञहरूले मोटोपन भएका व्यक्तिहरुलाई चेतावनी दिएका छन् । विश्वभरी नै मोटो वयस्कहरूको यो अनुपात बढ्दो छ । मोटोपनाको यो बढ्दो दरले स्वास्थ्य सेवाको लागत मात्र बढाउँदैन भविष्यमा कोरोना भाइरस महामारी वा कुनै अन्य महामारी पनि निम्त्याउन सक्ने उनीहरुले उनीहरुले बताएका छन्
२००९ एनवानएचवान फ्लू महामारीबाट ग्रस्थ भएका देशको बारेमा अध्ययनले एक रिर्पोट सार्वजनिक गरेको थियो जुन रिर्पोटमा मोटोपन भएका व्यक्तिहरू त्यो देशको कुल जनसंख्याको तुलनामा दुई गुणा अस्पताल भर्ना भएका थिए ।
मिशिगन स्कूल अफ पब्लिक हेल्थले भर्खरै गरेको एउटा अध्ययनले फ्लुमा संक्रमित मोटोपनका व्यक्तिहरूले धेरै गम्भीर समस्याहरूको सामना गर्नुका साथै लामो समयमा संक्रमणमा पनि रहेको पाएको छ ।
मोटोपना फ्लुको नजिकबाट सम्बन्धित रहेको पनि यी अध्ययनले देखाएको छ । अमेरिकामा २०३० सम्ममा ७५ प्रतिशत भन्दा बढी वयस्कहरू बढी तौल वा मोटो हुन अनुमान गरिएको छ । यस कारणले, फ्लू वा कोरोनाभाइरसले हजारौंको ज्यान लिन सक्ने अनुमान गरिएको छ ।
यद्यपि यो अझै स्पष्ट छैन वा प्रमाणित भने भइसकेको छैन किन मोटो मानिसहरूलाई अरूभन्दा धेरै संक्रामणमा पर्छन । वैज्ञानिकहरू विश्वास गर्छन् कि मोटोपनाले प्रतिरक्षा प्रणाली परिवर्तन गर्दछ जसले शरीरमा खतरा निम्त्याउँने खतरा बढी हुन्छ ।
न्यु अर्लिन्समा, कोडिभ १९ बाट मरेका मानिसहरूसँग साधारण मानिसहरू भन्दा मोटोपन भएकाहरूको संख्या बढी छ । उहि समयमा, लुइसियाना स्वास्थ्य विभागले भनेको छ, कोभिड १९ बाट मरेका ९७ प्रतिशत बिरामीहरूलाई पहिले कुनै न कुनै रोगबाट पीडित थिए ।
न्यू ओर्लिन्समा कोरोना भाइरस फैलाउने जोखिम बढी छ किनकि यहाँका या ३९ प्रतिशत मानिसहरूलाई उच्च रक्तचाप, ३६ प्रतिशत मोटोपन र १९ प्रतिशत मानिसहरूलाई मधुमेह भएको थियो ।
प्रतिक्रिया दिनुहोस