
काठमाडौं । कोरोना भाइरसको आशंकामा एकै परिवारका तीन जना पाटन अस्पतालमा भर्ना भएका छन्। बेलायतबाट नेपाल आएका एकै परिवारका तीन जनामा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल भर्ना भएका हुन्।
काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट उनीहरुलाई पाटन ल्याइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। परिसरका अनुसार एक जना ८१ वर्षका वृद्धसहित ५६ र ५८ वर्षकाहरु अस्पताल भर्ना भएका हुन्।
उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए। अहिले प्रहरीले सो बिल्डिङलाई नै सिलबन्दी गरेर उच्च सतर्कता अपनाएको छ।
सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस