aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनसिटीको संक्रमणले थपियो उच्च पदस्थमा त्रास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ बैशाख २०७७
सनसिटीको संक्रमणले थपियो उच्च पदस्थमा त्रास

काठमाडौं ।। काठमाडौंको पेप्सीकोला स्थित सनसिटीको अपार्टमेन्टमा कोरोना संक्रमित भेटिए पछि उपत्यकाका कुलिन वर्गमा त्रास फैलिएको छ । सो अपार्टमेन्टमा बस्नेहरू मध्ये अधिकांश उच्च राजनीतिक नेतृत्व र सम्भ्रान्त परिवारका सदस्यहरू भएकाले त्रास फैलिएको हो । उक्त अपार्टमेन्टमा करिब चार सय परिवार बस्दै आएका छन् ।

सनसिटीमा नै बसिरहेका एक समाचार श्रोतका अनुसार त्यहाँ कतिपय मन्त्रीका परिवारका सदस्य समेत छन् । लकडाउनको समयमा समेत उनीहरू विभिन्न दैनिक कामका लागि घर बाहिर निस्किने गरेका थिए । 

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा भने सनसिटीबाट अन्य भागमा कोरोना फैलिन सक्ने सम्भावनालाई अस्वीकार गर्छन् । आर्थिकन्युज सँगको कुराकानीमा उनले भने, “विगत दुई हप्ता देखि नै हामी सो अपार्टमेन्टबारे जानकारीमा थियौँ र त्यहाँ संक्रमणको सम्भावित व्यक्तिहरूलाई क्वारेन्टाइन मै राखिएको थियो ।” 

सनसीटी अपार्टमेन्टका अध्यक्षको अनुरोधपछि आ र्‍यापिड टेस्ट गरिएकामध्ये तीनै जनामा पोजेटिभ देखिएपछि टेकु अस्पतालको सल्लाहमा  ललितपुरस्थित पाटन अस्पतालमा पठाइएको उनले बताए । 

बेलायतबाट चैत्र ५ गते नेपाल फर्केर सो अपार्टमेन्टको पाँचौँ तलमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । सो अपार्टमेन्टमा बस्ने ३५ जनामा र्यापिड टेस्ट गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि थप परिक्षणका लागि पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । 

अहिले सो अपार्टमेन्टलाई सिल गरेर प्रहरी तैनाथ गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस