
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। र्यापिड टेस्ट गर्दा एकै परिवारका तीन जनालाइै कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा दुई जनालाई कोरोना भाइरस पुष्टि भएको हो ।
सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरेर उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।
उनीहरु मध्ये ५७ वर्षिया पुरुष र ८१ वर्षिया महिलामा कारोना पुष्टि भएको हो भने एकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो रिपोर्टमा नेगेटिभ आएकी ती महिलाको पुनः परिक्षण गरिने भएको छ ।
उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए। अहिले प्रहरीले सो बिल्डिङलाई नै सिलबन्दी गरेर उच्च सतर्कता अपनाएको छ।
प्रतिक्रिया दिनुहोस