
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लू भन्दा १० गुणा बढी घातक हुने जनाएको छ । अस्पताल लगायतका भिडभाड हुने ठाउँमा कोरोना अझ छिटो र सजिलै फैलने भन्दै यसको विस्तार रोक्नको लागि आग्रह गरेको छ ।
२००९ को जनवरीदेखि २०१० को अगस्टसम्म महामारीको रूपमा फैलिएको स्वाइन फ्लूबाट १६ लाख संक्रमित भएका थिए । जसका कारण १८ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेससले कोरोना भाइरसको क्षति स्वाइन फ्लूबाट भएको क्षतिलाई धेरै भइसकेको बताए ।
डब्लूएचओले भनेको छ, ‘विभिन्न देशबाट प्राप्त प्रमाणले यसले यो कसरी फैलन्छ र कस्तो असर गर्छ भन्ने प्रस्ट चित्र आइसकेको छ ।’ कोभिड १९ तीव्र रूपमा फैलन्छ र हामीलाई थाहा छ यो घातक छ, यति घातक कि, २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी घातक छ।’
विश्वव्यापी रूपमा विद्यालयहरु बन्द हुँदा बालबालिकामा परेको समस्याबारे पनि डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । विशेषगरि श्रमिक वर्गमा परेको समस्या प्रति डब्लूएचओको ध्यान केन्द्रित भएको जनाउँदै महानिर्देशकले प्रश्न गरेका छन्, दैनिक ज्यालादारीमा काम गर्ने र त्यसै मार्फत गुजारा चलाउनु पर्ने तपाई यो लकडाउनमा कसरी बाँचिरहनु भएको छ ?
प्रतिक्रिया दिनुहोस