
काठमाडौं। महामारीको रुपमा फैलिरहेको कोभिड (१९९कोरोना भाइरस) संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ। अहिले सारा विश्वभरका मान्छेहरु घर भित्रै बस्न बाध्य छन्। एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआय भएका, ज्यालादारीमा रोजीरोटी चलाउने र हुँदा खानेहरुमा परेका छन।
यसलाई मध्यनजर गर्दै तारकेश्वरका जागरुक युवाहरुको सक्रियतामा समाजसेवी, राजनितीकर्मि, व्यवसायी, पेशाकर्मि, बुद्धिजीवीहरुबाट आपतकालीन रुपमा संकलन गरिएको खाद्यान्न आज पहिलो चरणमा वितरण गरेको छ।
अपांग केन्द्र तार्केस्वर ५,(९१५ बोरा चामल, १० प्याकेट नुन) नवजिवन परोपकार संस्था तार्केस्वर (७,९१५ बोरा चामल , १० प्याकेट नुन), दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर ५ (१० बोरा चामल ,२.५ लिटर तेल,१० प्याकेट नुन), लाइफ फर नेसन तार्केस्वर ६ (१५ बोरा चामल , १० प्याकेट नुन ) , नेपाल मानव सेवा संस्था तार्केस्वर ८ (१५ बोरा चामल ,१० प्याकेट नुन) वितरण गरिएको छ।
नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गि, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा र राप्रपाका तारकेश्वर नगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगाएतको उपस्थितिमा उक्त राहत वितरण गरिएको थियो।
कोभिड -१९ आपतकालीन खाद्यान्न संकलन अभियानका अभियन्तहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना९ज्च्०, कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपकार अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगाएतको आव्हानमा खाद्यान्न संकलन अभियान थालिएको थियो।
प्रतिक्रिया दिनुहोस