aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ओपोद्वारा कोभिड–१९ सँग जुझ्न एड्भायजरी जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
ओपोद्वारा कोभिड–१९ सँग जुझ्न एड्भायजरी जारी

काठमाडौं । कोभिड १९ महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ । यसबाट सुरक्षार्थ सबैले ब्यापक सतर्कता अपनाउनु आवश्यक छ । महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आप्mना सामाजिक सञ्जाल मार्फत सजगता अभियान सञ्चालन गरिरहेको छ ।

यस अभियान मार्फत जनतालाई महामारीका रुपमा रहेको कोभिड १९का बारेमा जानकारीका साथै रोग लाग्नबाट जोगिनका लागि आवश्यक उपायहरुका बारेमा समेत सटिकताका साथ सुचना प्रवाह  गर्ने कम्पनीले लक्ष्य लिएको छ । 

ओपोका डिजिटल मिडिया प्ल्याटफर्महरु मार्फत कम्पनीले कोरोनाभाइरसका लक्षण, अपनाउनु पर्ने सजगताका बारेमा सूचनाहरु प्रेशित गरिरहेको छ । ओपोस्ट्याण्ड्सविथयू, स्टेहोमस्टेसेफ जस्ता ह्याशट्यागहरुको प्रयोग मार्फत कम्पनीले सजगता फैलाउने कार्य गरिरहेको छ । साथै, हालको महामारीको समयमा घरभित्रै बसी सरक्षित रहन सबैलाई अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस