aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आफुलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउन टेलिकममा फोन गर्नुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
आफुलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउन टेलिकममा फोन गर्नुस्

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी दिन विशेष सेवा शुरु गरेको छ । टेलिकमका प्रयोगकर्ताले (१४१९) डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । 

मङ्गलबारदेखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

(१४१९) डायल गरेमा ज्वरो आएरनआएको, खोकी लागेकोरनलागेको, श्वास फेर्न गार्हो भएरनभएको, आफू या परिवारका सदस्य विदेशबाट आएरनआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ ।

यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोरोनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने टेलिकमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस