
गोरखा । विदेशबाट ४० दिन अघि नेपाल आएका एक युवामा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड डायग्नोष्टिक टेष्टबाट गरिएको कोरोना परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएका ती ३१ वर्षीय युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका एक चिकित्सकका अनुसार आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण भने नदेखिएको जनाएका छन् ।
उनको थप परिक्षणको लागि स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ।
यता, स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस