
काठमाडौं । अर्थमन्त्री तथा सञ्चार मन्त्री डा. युवराज खतिवडा सनसीटी अपार्टमेन्ट नगएको सचिवालयले दाबी गरेको छ । अर्थमन्त्री डा. खतिवडाका प्रेस संयोजक यमन प्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मन्त्री मुटुको रोगी भएको र सनसीटी अपार्टमेन्टमा नगएको स्पष्ट पारेका हुन् ।
अर्थ मन्त्री खतिवडाका छोरा अपार्टमेन्टको आन्तरिक समितिका पदाधिकारीको लागि चुनावमा उठेको र खतिवडा त्यहाँ पुगेको विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो ।
यसो भनिएको छ खण्डनमाः
सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको भनिएको निर्वाचनमा मा. अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सहभागी हुनुभएको छैन । पछिल्ला समय उहाँ कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनुभएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटारका काममा मात्र व्यस्त हुनुभएको छ । मन्त्रीज्यू आफैमा मुटुको बिरामी भएको हुदाँ स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ । निर्वाचित समितिलाई बधाइ दिन जानुभएको विषयमा कुनै सत्यता नभएको जानकारी गराउँछु ।
प्रतिक्रिया दिनुहोस