
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ, । सेलपेबाट अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न बीमा कम्पनीको बीमा रकम भुक्तानी गर्न सकिने भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, स्याकार इन्भेस्ट्मेण्ट कम्पनीका भुक्तानी गर्नुका साथै ग्राहकले आफुले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहांबाट प्राप्त गर्ने सक्ने छन् ।
हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, सेलपेले यस अवस्थामा यी थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउनेछ ।
सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन र इन्स्योरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै देशभित्र कुनैपनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस