aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनसिटीको ब्लक ‘ए’ मा बस्ने सबैमा देखिएन् कोरोना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
सनसिटीको ब्लक ‘ए’ मा बस्ने सबैमा देखिएन् कोरोना

काठमाडौं । सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्ने सबैजनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएपछि उनीहरु बस्दै आएको ब्लकका २ सय ४२ जनाको आज परीक्षण गरिएको हो ।

संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पनि नतिजा नेगेटिभ आएको छ । पाँच ब्लक रहेको अपार्टमेन्टमा पहिलो चरणमा ’ब्लक ए’ मा मात्रै परीक्षण गरिएको हो । अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागले निकालेको छ ।

करिब १ हजार ३ सयको परीक्षणका विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न बाँकी छ । पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब ५ सय फ्ल्याट रहेका छन् । सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरिने बताइएको छ ।

५ चैतमा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा १ वैशाखमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूको पुनः पीसीआर विधिबाट परीक्षण गरिएको थियो । सो क्रममा उनीहरुमध्ये दुईमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस