aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अस्पतालले भर्ना लिन नमानेपछि अमेरिकामा एक नेपालीको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
अस्पतालले भर्ना लिन नमानेपछि अमेरिकामा एक नेपालीको ज्यान गयो

काठमाडौं । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्ल रहेका छन् । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएका जनाइएको छ । 

कोरोनाका कारण बिरामी भएका उनलाई अस्पतालले भर्ना लिन पनि नमानेको जनाइएको छ । अस्पतालले भर्ना लिन नमानेपछि उनी कोठामा फर्किएका थिए । 

गएको ३ हप्तादेखि बिरामी रहेका उनको न्यूयोर्क उडसाइडमा बुधबार मृत्यु भएको हो । उनको नेपालमा श्रीमती र दुई छोरी  छन् । उनले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँने गरेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस