
एजेन्सी । कोरोना भाइरसले विश्वभरी नै आतंक मच्चाइरहेको छ । विश्वभरीका सरकारले यसको संक्रमण रोक्नको लागि मे महिनासम्म लकडाउंनलाई विस्तार गरेको छन् । कोरोनाका कारण विश्वभरीका मानिस लकडाउनमा बसिरहदा धेरै प्रश्नहरू उनीहरूको दिमागमा आइरहेका छन । जस्तै कोरोना भाइरस जैविक हो वा प्रकृतिक, घरमा एसी चलाउने हो वा हुँदैन, घरबाट बाहिर निस्कियो भने के गर्ने, कोरोनाको उपचार के हो, कुन औषधिबाट फाइदा हुन्छ लगायतका अनेक प्रश्न मनमा उठ्ने गरेका छन ।
यहाँ त्यस्तै केहि प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ :
१. कोरोनाको लागि बीसीजी खोप फाइदा जनक छ ? के यो बुढेसकालमा फेरि दिन सकिन्छ ?
बीसीजी खोप कोभिड १९ भाइरसका लागि दिने गरेको तथ्याक जोन हपकिन्स युनिभर्सिटी रिसर्चले पत्ता लगाएको छ । तर, जुन देशमा बीसीजी भ्याक्सिन दिइएको थियो, त्यहाँ कोरोना भाइरसका संक्रमितका घटनाहरू कम देखिएको तथ्य समेत बाहिर आयो ।
तर, वास्तबमा यसको कारण वा प्रभाव के हो भन्ने बारे बुझिएन । त्यसैले, वैज्ञानिक तथ्याकहरुमा भनिएको छ कि यो धेरै रोगहरूमा फाइदाजनक छ । वृद्धाहरुलाई यो खोप फेरी दिनु पर्छ वा पर्दैन भन्ने कुनै आधार छैन । नेपालको हकमा भन्ने हो भने यहाँका अधिकांशले बीसीजी खोप लिइसकेका छन् ।
२. हाइड्रोक्सीक्लोरोक्विन कसलाई प्रभावकारी हुन सक्छ ?
यो औषधिको राम्रा गुणका बारेमा अध्ययन गरिएको छैन। नेपालमा धेरै डक्टरहरुले हाइड्रोक्सीक्लोरोक्विन कोरोनाका विरामीलाई दिन डराइरहेका छन । विगतमा पनि, यो दिने कि नदिने भन्ने बारेमा धेरै विज्ञहरूबीच छलफल गरिएको थियो । यो औषधि लामो समयदेखि लिइरहेको छ भने अन्य औषधिहरू भन्दा तुलनात्मक रूपमा सुरक्षित छ भन्ने धारणा विकास भएको छ ।
तर, हाइड्रोक्सीक्लोरोक्वाइन दिने क्रममा ध्यान दिन पर्ने कुरा पनि धेरै छन् । यो कोरोना बिरामीहरूलाई वा स्वास्थ्यकर्मीलाई दिन सकिन्छ । विशेषगरी अस्पतालमा भर्ना भएका विरामीलाई मात्र यो औषधि दिन सकिने भनिएको छ । जुन औषधि दिइसकेपछि निरन्तर अनुगमन गरिनुपर्छ । जसमा यसको प्रभाव परीक्षण गर्न सकियोस ।
३. पहिलेदेखि विरामी भइरहेका मानिसका लागि कोरोना कत्ति खतरनाक छ ?
अहिलेसम्म कोरोनाबाट मृत्यु दर हेर्ने हो भने, यो थाहा हुन्छ कि ५० बर्षभन्दा कम उमेरका मासिनको मृत्यु दर १ प्रतिशत भन्दा कम छ । तर, जोसँग एकभन्दा बढी रोगहरू जस्तै टिबी, एचआईभी, मधुमेह वा फोक्सो सम्बन्धी समस्याहरू छन । उनीहरूको आईसीयू भर्ना र मृत्यु दर उच्च छ । वृद्धहरू र दीर्घरोगीहरू सुरक्षित हुनु आवश्यक छ । उनीहरूलाई बढी स्याहर र सावधानी अपनाउनु पर्ने हुन्छ ।
४. हाम्रो प्रतिरोधात्मक क्षमता छ कि छैन भनेर पत्ता लगाउने तरिका के हो?
प्रतिरोधात्मक क्षमता ए प्लस वा ए माइनस छ भनेर मापन गर्ने कुनै पनि औजार बनेको छैन । यदि कसैलाई कोभिड-१९ संक्रमण छ भने ८० देखि ९० प्रतिशत इन्फेक्सन हुने मानिस निको हुन्छ । तब एन्टिबडीहरु बन्नछन ।
५. एअर कन्डिसनर(एसी)मा हुँदा जोखिम बढ्छ ?
यदि घरको कोठामा एसी छ भने हावा कोठामा रहन्छ र बाहिर जान सक्दैन । तर, यदि कार्यालय वा घरमा केन्द्रीय एसी छ, यदि अर्को कोठामा वा अफिसमा खोकीरहेको छ भने उसको संक्रमण थोपाहरू एसी मार्फत फैलाउन सक्छ । घरमा एसी चलाउन डराउनुपर्ने कुनै कुरा छैन किन कि घरमा प्रायजसो एसी झ्यालको छेउमा हुन्छ । अहिले अस्पतालहरूमा केन्द्रिय एसीहरूलाई अस्पतालको केन्द्रभागबाट झ्याल भएको तर्फ प्रतिस्थापन गरिंदै छन ।
६. के कोरोनाको संक्रमणले शरिरको अन्य अंगहरूमा पनि प्रभाव पार्छ ?
भर्खरै गरिएको एक अध्ययनले कोरोनाका प्रत्येक पाँच जनामध्ये एक जनामा मुटुलाई क्षति भएको देखाएको छ । त्यसकारण यो भन्न सकिन्छ कि कोरोना भाइरसले फोक्सोमा मात्र नभई मुटुमा पनि आक्रमण गर्दछ ।
७. कोरोना संक्रमण भइसकेपछि शरिरका अंगहरूमा के लक्षणहरू देखाउँदछ ?
बिरामीहरूलाई निमोनिया हुनु सामान्य कुरा हो । खोकी र चिसोका लक्षणहरू भएका बिरामीमा अक्सिजनको कमी हुन्छ । तर ३० प्रतिशत बिरामीहरूमा यसले मायोकार्डिटिसको लक्षण पनि देखाउन छ । यसले मुटुको मांसपेशी र यसको विद्युत प्रणालीलाई असर गर्छ । यसले मुटुको दरलाई असर गर्छ । मुटुको कार्यमा प्रभावको कारण, पम्पिंग एकदम कम हुन्छ । यस कारण कोरोनाबाट संक्रमित भएका विरामीको धेरैजसो अवस्थामा अचानक मृत्यु हुन्छ । त्यसैले मुटु रोगीलाई अझ सावधानी पूर्वक स्याहार गर्नपर्न देखिन्छ ।
८. कोरोना भाइरस हावाबाट सर्छ ?
वैज्ञानिकहरूका विचारमा कोरोना भाइरस मुख्यतया थुकको थोपाको माध्यमबाट एकबाट अर्कोमा संक्रमण हुन्छ । यी थोपा कुनै पनि सतहमा बसोबास गर्न सक्छन् । अहिले भएको केहि अध्ययनहरुमा के आएको छ भने केहि सूक्ष्म कणहरु हावामा एयरोसोलहरु जस्तै रहन सक्छ । तर यसको पनि कुनै पनि प्रमाणीत तथ्य भने छैन । यद्यपि, हामी सुरक्षित रहनु पर्छ । सरकारले यो पनि भनेको छ कि हामीले मुख ढाक्नु पर्छ, त्यसपछि मास्क वा सफा कपडाले मुखले छोप्नुपर्छ ।
९. जैविक कि प्रकृतिक ?
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेपछि यो कसरी उत्पन्न भयो भन्ने प्रश्न अझधेरै आम चासोको विषय बनेको छ । धेरै मानिसहरु मिडियामा रिपोर्ट गरिए जस्तो यो कुनै जंगली चमेराबाट मानिसमा फैलिएको मान्न तयार छैनन् किनकी यस्तो हुँदा त्यसले महामारी कै रुप लिने सम्भावना कम हुन्छ । त्यसैले चीनको वुहानका बस्ने एक जातका चिनियाँले चमेरो खाएका कारण यो फैलिएको वा समुन्द्रबाट निकालिएको सर्पबाट मानिसमा सरेको भन्ने कुरामा मानिसहरु विश्वास गर्दैनन् ।
त्यसैले कोरोना भाइरस कोरोनाभाइरस स्वाभाविक रूपबाट उत्पन्न भएकोभन्दा पनि यसलाई उत्पति(परिवर्तनको माध्यमबाट सम्भावित जैविक युद्ध एजेन्टको रूपमा प्रयोगशालामा उत्पादन गरिएको थियो भन्ने कुरा पत्यारिलो बन्दै गएको छ ।
धेरै रिपोर्टहरूले देखाए अनुसार यो भाइरसका केही अंशहरू एचआईभीसँग सम्बन्धित छन् जुन प्राकृतिक रूपमा हुन सक्दैन । यदि यो भाइरस हतियारको रूपमा उत्पादन गरिएको थियो भने वुवान इन्स्टिच्युट अफ भाइरोलिज ल्याबबाट यो पहिले पशुमा र पछि मानिसमा फैलिएको हुनसक्छ । धेरै टेक्निसियनहरू यो कुरा स्विकार्छन् कि प्रयोगशालाहरूबाट यस्ता लीक प्रायः हुनसक्छन् ।
यहाँ अर्को सिद्धान्त पनि छ । कन्स्पिरेन्सी थ्यौरीका आधारमा अनुमानहरू पनि भइरहेका छन् कि ट्रम्प प्रशासनले बढ्दो चिनियाँ विश्वव्यापी प्रतिस्पर्धाको मुद्दालाई अमेरिकी राष्ट्रिय सुरक्षा र आर्थिक प्रभुत्वको प्रत्यक्ष खतराका रूपमा उठाउँदै थिए त्यसैले वाशिंगटनले यो भाइरस सिर्जना गरेको हुनसक्दछ । बेइजिंगको बढ्दो अर्थव्यवस्था र सेनालाई साइजमा ल्याउन अमेरिकाले यस्तो गरेन भन्न सकिंदैन ।
१०. विमारीसँग प्रत्यक्ष जोडिएका वा कार्यालय, मार्केटमा जानेले घर आइसकेपछि के गर्ने?
कोरानासँग प्रत्यक्ष जोडिने मानिस जस्तै: डाक्टर-नर्सहरू, मिडिया, पुलिसहरू, सफाईकर्मीहरू, जो बाहिर जाँदै छन् वा विरामीको सेवा गएपछि अतिरिक्त सावधानी अपनाउनु पर्छ । उनीहरु घरमा आइसकेपछि पहिले आफ्ना हातहरू राम्ररी धुनु पर्छ । कम्तिमा २० देखि ३० सेकेन्डसम्म हातलाई राम्रोसिँग धुनु पर्छ । त्यसपछि साबुन लगाएर नुहाउनु पर्छ ।
११. कोरोनाको उपचारमा प्लाज्मा सिद्धान्त कत्तिको प्रभावकारी छ?
प्लाज्मा थ्यौरी भनेको पुरानो उपचार उपचार पद्धती हो। यो इबोला, पोलियो र मलेरिया जस्ता धेरै प्रकोपहरूमा पनि पहिले प्रयोग भएको थियो ।
१२. के मलेरियाको प्रकोप देखिएका देशमा कोरोनाको संक्रमण कम हो ?
कोरोना भाइरस विरुद्धको औषधी निर्माणमा सफलता प्राप्त हुनै लागेको छ । एन्टी मलेरिया र बाथ रोगका बिरामीको उपचारमा प्रयोग हुने औषधी (हाइड्रोक्सिक्लोरोक्यूइन र क्लोरोक्यूइन) कोभिड १९ का संक्रमितहरुलाई लाभकारी हुने भनिएको छ । अबको केहि दिन मै कोरोना विरुद्धको खोप बजारमा आउने लगाएतका हल्ला र समाचारहरु सार्वजनिक भइरहेका छन् ।
तर के अनुसन्धानकर्ताहरुले यो औषधीलाई आधिकारीकरुपमा कोरोना विरुद्धको उपचारमा प्रयोग गर्न सिफारिस गरेका छन् ? अहिलेसम्म विश्व स्वास्थ्य संगठन लगायत कुनै पनि आधिकारीक निकायहरुले यस्तो सिफारिस गरेका छैनन् । त्यसो त कतै कुनै औषधीले काम गरि पो हाल्छ की भनेर विश्वव्यापीरुपमा अनेकौँ प्रयोगहरु चाँहि जारी छन् ।
हाम्रै छिमेकी मुलुक भारतमा एचआइभी एड्सका संक्रमितहरुलाई दिइने गरेको औषधि कतिपय चिकित्सकहरुले कोरोना विरुद्ध प्रयोग गरिरहेको भन्ने समाचार पनि आइरहेका छन् । तर त्यो प्रयोगको प्रभावकारिता पनि पुष्टि भइसकेको छैन ।
अमेरिकी राष्ट्रपति डोानाल्डो ट्रम्पले कोरोना विरुद्ध प्रभावकारी हुने भन्दै विभिन्न औषधीको नाम पटक पटक दोहोर्याएका कारण सो कुरा पत्याउँदा दुर्घटना समेत भईसकेका छ । अमेरिकाकै एक बृद्ध जोडिले ट्रम्पले सुझाएका औषधी आफु खुशी सेवन गर्दा श्रीमानको मृत्यु भइसकेको छ भने श्रीमती सिकिस्त अबस्थामा उपचार भइरहेको छ । त्यसैले सञ्चारमाध्यमका समाचारमा उल्लेख भएका कुरा कति सत्य र कति अतिरञ्जित भन्ने ध्यानमा नराखी कुनै औषधीको अनधिकृत प्रयोगले जोखिम निम्त्याउने देखिन्छ ।
तथापी तंथ्याकंहरुले के चाँहि देखाएको छ भने विगतमा जुन मुलुकहरुमा मलेरियाको व्यापक फैलावट थियो ती मुलुकहरुमा तुलनात्मकरुपमा कोरोना भाइरसको फैलावट कम रफ्तारमा देखिएको छ ।
के त्यसो भए मलेरिया विरुद्धको इम्यूनिटी पावर (प्रतिरक्षा शक्ति) विकास गरेका मानिसहरुलाई कोरोनाले सजिलै छुन नसकेको हो ? स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरुको ध्यान अहिले त्यतातिर केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस