aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्वास्थ्य मन्त्रालय भन्छ- र्‍यापिड टेष्टमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
स्वास्थ्य मन्त्रालय भन्छ- र्‍यापिड टेष्टमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने जनाएको छ ।  

मन्त्रालयले आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको एक हप्ता पुगेको छैन भने एक हप्तापछि पुनः आरडीटी गराउनुपर्ने बताएको छ । 

संक्रमित व्यक्तिको संसर्गमा रहेकाहरुको आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस