aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेलायतमा कोरोनाका कारण पूर्व गोर्खा सैनिकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
बेलायतमा कोरोनाका कारण पूर्व गोर्खा सैनिकको मृत्यु

बेलायत । बेलायतको लण्डनमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ। लण्डनको वोएस्ट ड्राइटन्टमा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको हिलिङडन अस्पतालमा बुधबार मृत्यु भएको हो । 

गोर्खा भूतपूर्व सैनिक संघका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो। अस्पताल लगेपछि तामाङलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो। 

नेपालमा धनकुटाको हात्तीखर्क घर भएका तामाङ श्रीमती, छोरी कला र ज्वाइँ मणि तामाङसँगै लण्डन बस्दै आएका थिए। बेलायतमा कोरोना भाइरसबाट यसअघि दुईजना भूतपुर्व गोर्खासमेत गरी करिब एक दर्जन नेपालीको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस