
बागलुङ । बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । नेपालको छैटौ कोरोना संक्रमित ती महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
धौलागिरी अञ्चल अस्पतालका अनुसार कोरोना संक्रमण भए पछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको हो ।
उनको पुनः परिक्षण शुक्रबार गरिने भएको छ । शुक्रबारको परिक्षणमा पनि नेगेटिभ आएमा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस