बैतडी । कोरोनाको आशङ्कामा जिल्ला अस्पतालमा भर्ना गरिएकी सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।
युवतीको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।
युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार आइसोलेसनमा भर्ना गरिएको थियो ।
युवतीलाई अस्पताल पुर्याउन पुगेका उनका बुवा र भाइलाई समेत आइसोलेसनमा राखिएको छ । कोरोनाको आशङ्का युवतीलाई आइसोलेसनमा राखिएको हो तर युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । यसअघि कोरोनाको आशङ्कामा तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस