
कोरोनाको असर चीनलगायत अन्य देशमा मात्र पर्छ र हामी चाहिँ छिट्टै रिकभर भइहाल्छौ भन्ने थियो । त्यस्तो भएन, पहिलाका महामारीले निश्चित ठाउँमा मात्र प्रभाव पार्ने गरेको थियो । तर, अहिले विश्वव्यापी रुपमा देखिएको छ । दुई सयभन्दा बढी देशमा गहिरो ढंगबाट कोरोना फैलिएको छ ।
पहिलोपल्ट होला यसरी संसारनै लकडाउनको अवस्थामा बसेको । न त एयरलाइन्स चलेका छन्, न यातायात छ न त अन्य सर्भिस । केही साता अघि आँकलन गरेको भन्दा अहिलेको अवस्थामा एकदमै फरक भएको छ । दिनप्रतिदिन गम्भिर बन्दैछ ।
यो महामारीले हिट गरेको पहिला क्षेत्र भनेको ट्राभल्स र टुरिजम नै हो । अझ यस पनि गहन अध्ययन गर्दा हवाइ र सडक यातायात अनि होटल व्यवसाय बढी प्रभाव परेको छन् । ट्राभल्स नभएपछि होटल व्यवसाय सञ्चालन हुने भएनन् । सबै ठप्प भएको अवस्था छ । एयरलाइन्स, होटल, पर्यटक सवारी, रेष्टुरेन्ट, जलयात्रा, पदयात्रा र पर्वतारोहण, ट्राभल एन्ड टूर र अन्य पर्यटकीय क्षेत्रमा गरी ३ हजार २ सय मिलियन अमेरिकी डलर अर्थात साढे तीन खर्बजति लगानी भएको अनुमान गर्न सकिन्छ ।
१ खर्ब ६० अर्ब राजस्वमा धक्का
यो हिसावले हेर्दा २०२० मा कुनै पनि हालतमा रिकभरी हुँदैन । कोरोनाले पर्यटन क्षेत्रको राजस्वमा कति नोक्सान परेको छ त भनेर हेर्नुपर्ने हुन्छ । पर्यटन उद्योगले तिर्ने करिब एक खर्ब ६० अर्ब राजस्व नोक्सान भएको छ ।
लकडाउनका कारण होटल उद्योगमा ८५ अर्ब, ट्राभल्स, ट्रेकिङ र्याफ्टिङ प्रकृतिमा ५० अर्ब, आन्तरिक उडानबाट ५ अर्ब, रेष्टुराँमा ५ अर्ब, माउण्टेरिङलगायत अन्य क्रियाकलापबाट १० अर्ब गरी करिब साढे एक खर्बभन्दा बढी राजस्व नोक्सान पर्ने देखिएको छ ।
कति छन् रोजगार ?
विजनेशका कारण व्यवसायमा असर पर्दा ठूलो रकम नोक्सानमा देखिएको छँदैनै छ अर्कोतिर रोजगारीको क्षेत्रमा पनि यसले ठूलो नोक्सान पुर्याएको छ । छ । पर्यटनमामात्रै करिब १३ लाख जनशक्ति पर्यटन उद्योगमा सम्लग्न थिए ।
पर्यटन उद्योगमा ५ लाख ३७ हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका थिए भने अप्रत्यक्ष क्षेत्र रुपमा २ लाख ८० हजारले रोजगारी पाएको छन् । सप्लाइ चेनमा इन्भल भएको ५ लाख जनशक्ति समेत गर्दा कुल १३ लाख पर्यटन क्षेत्रमा इन्गेज भएका थिए । होटलमा अझ प्रत्यक्ष असर परेको छ । होटल क्षेत्रबाटमात्रै अहिलेको अवस्थामा करिब ४ लाखले रोजगारी गुमाएका छन् ।
यो क्षेत्रमा दैनिक तलव वेशमा जागिर खानेदेखि मौसमी रोजगारी गर्ने तथा रिक्सा चलाउने, डुङ्गा खियाउने, तथा माउतेसम्ममा यसको असर देखिएको छ । उनीहरू बेइलमी भएका छन् ।
कहाँ कहाँ पर्छ असर ?
त्यो तत्कालका लागि मात्रै नभएर केही समयसम्म यस्तै रहने निश्चित छ । कोरोना संक्रमण नियन्त्रणमा आएपनि संसार भरिको आर्थिक अवस्था शिथिल भएको छ । परिवार गुमाएको पीडा एकातिर छ भने अर्को तिर आय स्रोत टुटेको अवस्था छ । यस्तो परिस्थितिमा तत्काल पर्यटन आउन सक्ने अवस्था देखिदैन ।
विजनेश र रोजगारीमा यसको असर छ नै । यो लामो समयसम्म रह्यो भने स्वास्थ्यको मात्र समस्या हुँदैन । यसले अर्थतन्त्रमा पार्ने प्रभाव अझ ठूलो छ । जुन आउँदै छ । यसबाट कसरी बाहिर निस्कने, कसरी व्यवसायलाई जोगाउने र कसरी पुर्नउत्थान गर्ने भन्नेमा फोकस हुनुपर्छ । कुल रोजगारी क्षेत्रको करिब १० प्रतिशत रोजगारी पर्यटन क्षेत्रले उपलब्ध गराइ राखेको थियो ।
आय आर्जन, रोजगारी, वैदेशिक मुद्रामा प्रत्यक्ष असर परेको छ । यसका कारण वैदेशिक मुद्रा आर्जनमा पनि यसको ठूलो असर देखिने भएको छ । रेमिट्यान्सपछि वैदेशिक मुद्रा आर्जन गर्ने पर्यटन नै अर्को माध्यम थियो । नेपालमा अन्य उद्योगहरू वैदेशिक मुद्रा आर्जन गर्न सक्ने अवस्थामा नभएकाले पर्यटन क्षेत्र नै विदेशी मुद्रा आर्जनका लागि नेपालको बलियो आधार लिइन्छ ।
पर्यटन क्षेत्र वातावरणमैत्री उद्योग भएकोले पनि दीगो रुपमा पर्यटन भित्र्याउने उद्योगको रुपमा थियो । दिगो विकास लक्ष्य ( एसडीजी ) को १७ लक्ष्यमध्ये ४ वटा लक्ष्य प्रत्यक्ष पर्यटन क्षेत्रको योगदान गर्नेमा पर्दछ । यसमा पनि असर पर्छ । विश्वकै पर्यटन क्षेत्र आइसोलेशनमा नभएर मल्टिडाइमेशन छ ।
रिकभरीका लागि के गर्ने ?
पर्यटन क्षेत्रको रिकभरीका लागि ३ वटा रणनीति बनाउन आवश्यक छ । २०२० लाई उद्योग बचाउने तथा सरभाइवल रणनीति, २०२१ लाई रिकभरी (पुर्नउत्थान) वर्ष र २०२२ लाई प्रतिफल दिने वर्षको रुपमा लिन सकिन्छ ।
२०२० आम्दानी गर्ने वर्ष हुनै सक्दैन । यस्तो अवस्थामा योगदानमा आधारित मोडेलमा जानुपर्छ । अहिले निजी क्षेत्रले सरकारसँग माग्ने तथा सरकारले निजी क्षेत्रलाई यति गरिदेउ भन्ने भइरहेको छ । निजी क्षेत्रले राज्यसँग माग्दा पनि राज्यको क्षमता हेरेर माग्नु पर्ने हुन्छ । असीमित माग राज्यले पुरा गर्न सक्ने अवस्था छैन । २०२० लाई योगदानमा आधारित अर्थप्रणाली बनाउन सक्यौ भने २०२१ पछि हाम्रो आम्दानी हुन थाल्छ । अहिलेको अवस्था भनेको आफ्नो क्षेत्रबाट दिने र विजनेश बचाउने माहोल बनाउने हो ।
एकातिर राज्यले अत्यन्तै मर्का परेको क्षेत्रमा राहत दिने अर्कोतिर उद्योगधन्दाको वृद्धि विकासको लागि विशेष प्याकेज ल्याउनुपर्छ । उद्यमीहरूले तिरेको करलाई पुन: चलाउन मिल्ने, बैंकको कर्जा सहुलियतपूर्ण ब्याजमा दिने, नयाँ कामको लागि सरकारले प्रोत्साहन गर्ने मोडेलमा जान सके २०२० मा उद्योगलाई बचाउन सकिन्छ । यसरी गयौ भने २०२२ पछि पर्यटन क्षेत्र पुनः राम्रो अवस्थामा पुग्छ ।
कुन होटल तथा विजनेशले कति कर्जा लिएको छ कति राजस्व तिरिरहेको थियो । त्यसैको आधारमा सहुलियत दियो भने पारदर्शी पनि हुन्छ र कर तिर्ने संस्कारको पनि वृद्धि हुन्छ । राज्यले सहुलियत नै दिनु पर्छ । यो आधारमा सहुलियत दिँदा अझ बढी प्रभावकारी हुन्छ ।
पर्यटनमा ठूलो लगानी भएको क्षेत्र होटल, एयरलाइन्स र एभिएशन हो । त्यो क्षेत्रमा पनि तल्लोस्तरमा काम गर्नेलाई हेर्नुपर्छ । उनीहरूको रोजीरोटी खोसिएको अवस्था छ । यदि सामान्य समयमा एक जनाले २० हजार तलब पाउने भन्यो यस्तो अवस्थामा ५ हजार रोजगारदाता र ५ हजार सरकारले सहयोग गरिदिए उसले न्यूनतम आवश्यकता पुरा गर्न सक्छ । यसरी जाँदा दुबैतर्फ राहत महसुुस हुन्छ ।
यसका साथै यस्तो अवस्थामा एउटा नयाँ इनोभेशनका काम तिर सरकार र निजी क्षेत्र दुबैको ध्यान जानु पर्छ । जसले भोलिका दिनमा पर्यटन क्षेत्रमा अझ गुणस्तरीय सेवा दिन सकियोस् । यो क्षेत्रमा काम गर्ने जनशक्तिलाई अहिलेकै अवस्थामा अनलाइनमार्फत क्षमता र सीप विकासका लागिे तालिम दिनुपर्छ । यो अवस्थामा तालिम तथा शिक्षा दिने काम गर्न सके भोलिका दिनमा गुणस्तरीय सेवा दिन सकिन्छ । अब आउने पर्यटकले यो गुणस्तरीय सेवा खोज्छन् । नेपाल चिफ डेस्टिनेशन देश हो भन्ने भनाइलाई चिर्नको लागि पनि गुणस्तरीय सेवा दिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस