aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लकडाउनमा अर्को सोसियल प्लेटमर्फले ल्यायो नयाँ फिचर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
लकडाउनमा अर्को सोसियल प्लेटमर्फले ल्यायो नयाँ फिचर

एजेन्सी । लकडाउनका बेलामा अहिले भिडियो कन्फरेन्स प्लेटफर्म जूम विश्वव्यापी रूपमा लोकप्रिय भइरहेको छ । अहिले सामाजिक सञ्जालहरुले यसलाई ध्यानमा राख्दै, अन्य कम्पनीहरूले पनि भिडियो कलिंग सफ्टवेयर परिवर्तन गर्दैछन र यसको दायरा पनि विस्तार गर्दैछन् ।

इन्स्ट्यान्ट मेसेजिंग एप व्हाट्सएपले धेरै व्यक्तिहरू भिडियो कलमा जोडिन मिल्ने गरि नयाँ फिचर बनाउदै गरेको छ । अहिले केवल चार व्यक्तिले व्हाट्सएपमा एक साथ भिडियो कल गर्न सक्ने फिचर हरेको छ । 

एन्ड्रोइड फोनका लागि बनाइएको व्हाट्सएपल विटाबाट संकेत मिल्ने  छ किन की कम्पनी समूहले भिडियो कलहरूको सीमा बढाउन सक्ने अनुमान गरिएको छ । दर्जनौं व्यक्तिले एक साथ अन्य भिडियो कलिंग प्लेटफर्महरू जस्तै जुम र गुगल डुओमा भिडियो च्याट गर्न सक्दछन । अब यो सामाजिक दूरीको लागि आवश्यकता भइरहेको पनि  छ ।

व्हाट्सएप वेबसाइटको ट्याक राख्ने वाब्याटिएन्फोको एक रिपोर्ट अनुसार एन्ड्रोइडका लागि जारी गरिएको व्हाट्सएप Android v2.20.129 बीटामा विस्तारित समूह सीमा दिइएको छ ।  यद्यपि यो कम्पनीले जनताको लागि यो फिचर इनएबल गरेको छैन।

व्हाट्सएपमा समूह कलहरूको सीमा बढाउँदै गइरहेको छ । किनकि हालसालै व्हाट्सएपले ग्रुप कलिंगमा केही परिवर्तन गरेको छ । व्हाट्सएपले समूह कलिंग ईन्टरफेसमा केही परिवर्तन गरेको छ । समूह भिडियो कलिंगको लागि समर्पित बटन प्रदान गरिएको छ । समूहको सबै सदस्यलाई कल गर्न सकिने छ । 
 

प्रतिक्रिया दिनुहोस