aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सोलुखुम्बु र डोल्पामा अझै र्‍यापीड टेष्ट शुरु हुन सकेन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
सोलुखुम्बु र डोल्पामा अझै र्‍यापीड टेष्ट शुरु हुन सकेन्

काठमाडौं । सोलुखुम्बु र डोल्पामा अझै र्‍यापीड किट टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरसको परिक्षण शुरु हुन सकेको छैन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सोलुखुम्बु र डोल्पा बाहेक अन्य ७५ वटा जिल्लामा र्‍यापीड टेष्ट शुरु भएको जानकारी दिएका हुन् । 

प्रवक्ता देवकोटाका अनुसार शुक्रबारसम्म ७५ जिल्लामा आरडीटी टेष्ट शुरु भएको र अब डोल्पा र सोलुखुम्बुमा भने चाँडै आरडीटी टेष्ट शुरु हुनेछ । 

आरडीटी टेष्ट ७५ जिल्लामा पुग्दा सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण शुरु भएको छ । पीसीआर घाटीको स्वाबको परीक्षण हो। यसको नतिजा आउन ६ घण्टादेखि दुई दिनसम्म लाग्ने चिकित्सकले बताएका छन्। आरडीटी परीक्षणको रिपोर्ट भने १५ मिनेटमै सार्वजनिक गर्न सकिन्छ। 

प्रतिक्रिया दिनुहोस