
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले अन्तर्राष्ट्रिय हवाइ यात्रालाई सहज बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान गरेको छ । आईकाओले सदस्य राष्ट्रहरूलाई एडभाइजरी जारी गर्दै अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन आग्रह गरेको हो ।
आईकाओले विशेष उडानहरुलाई सहजै उड्ने अनुमति दिन र आकाश तथा विमानस्थल प्रयोगमा समेत सहयोग गर्न आग्रह गरेको छ । यसका साथै आईकाओले व्यापारिक उडानलाई पनि सहज बनाउन आग्रह गरेको छ । आईकाओले चार्टड उडान, कार्गो उडान र मेडिकल उडान अनुमति यथाशीघ्र दिन समेत आग्रह गरेको छ ।
अत्यावश्यक सामग्रीको आपूर्ति तिब्र रुपमा गर्नुपर्ने भएकोले आईकाओले एडभाइजरी जारी गरेको हो । हवाइ मार्गका विकल्प नभएको भन्दै सहज गर्न, आईकाओका महासचिव फाङ लिउद्वारा जारी एडभाइजरीमा भनिएको छ । महासचिवद्वारा जारी एडभाइजरीमा भनिएको छ –‘कुनै मुलक वा राज्यले आफ्ना नागरिकलाई घर फिर्ति गर्न चाहन्छ भने बीना अवरोध उडानको अनुमति दिनु ।’
खासगरी विश्व लकडाउनमा गएपछि अधिकांश उडान व्यवसायिक भन्दा विशेष उडानमा केन्द्रीत छन् । लकडाउनका कारण धेरैजसो मुलुकले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् । त्यसले एक अर्को मुलुकमा फसेका विदेशी नागरिकले असहज भएको छ । चार्टर्ड गरी जान नसक्ने नागरिक बढी समस्यामा पर्न थालेसँगै आइकाआले सदस्य मुलुकहरुलाई हवाइ यात्रा सहज बनाउन आग्रह गरेको हो ।
आईकोओमा अहिले करीव २ सय मुलुक सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस