aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना थपिए

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई गरी नेपालमा एकैदिन १४ जना संक्रमित थपिएका हुन् । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् ।

‘पछिल्लो विवरण अनुसार नेपालमा कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको हो ।  जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय र चितवन जिल्लाको २ पुरुष, २७ र ६३ वर्षीय) रहेको मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस