aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकी राष्ट्रपतिले डब्लुएचओलाई सहयोग नगर्ने भनेपछि युरोपेली कुटनीतिज्ञबाट यस्तो जवाफ आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
अमेरिकी राष्ट्रपतिले डब्लुएचओलाई सहयोग नगर्ने भनेपछि युरोपेली कुटनीतिज्ञबाट यस्तो जवाफ आयो

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताका छन ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिएका हुन  ।  

संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईमा डब्लुएचओलाई यो वेला साथ दिनुपर्ने आवश्यकतामा युरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् । विदेश मामिला र सुरक्षा नीतिसम्वन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सवैसँग  सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार डब्लुएचओलाई दिँदै आएको सहयोगमा आधा कटौटी गर्ने घोषणा गरेका थिए । उनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतीको घोषणा गरेका थिए ।

त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेयेसले महामारीका बेला राजनीति नगर्न आग्रह सहितको प्रक्रिया दिएका थिए । रकम कटौती गर्ने उनको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस