
भारत । गएको २४ घन्टायता भारतमा कोरोना भाइरसका ९ सय ९१ नयाँ सङ्क्रमितहरु थपिएका जनाइएको छ । शनिबार यो समाचार तयार पार्दा सम्म भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १४ हजार ४ सय २५ जना पुगेको छ । भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण बाट ज्यान जानेको संख्या ४८८ पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाउँदै आएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ
महाराष्ट्र राज्यमा मात्र सङ्क्रमितहरुको संख्या ३ हजार ३२३ जना पुगेको शनिबार उक्त मन्त्रालय बताएको छ ।यसैबीच महाराष्ट्रमा ३३१ जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस सङ्क्रमण बाट २०१ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।
महाराष्ट्रपछि कोरोना सङ्क्रमण को दोस्रो स्थानमा दिल्ली रहेको छ । त्यहाँ मात्र १ हजार ७०७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस सङ्क्रमण बाट ४२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस