aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

१२ संक्रमित भेटिएको सिंगो गाउँकै परिक्षण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
१२ संक्रमित भेटिएको सिंगो गाउँकै परिक्षण शुरु

उदयपुर । एकै पटक १२ संक्रमित भेटिएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको पुरै गाउँमा कोरोना परिक्षण शुरु गरिएको छ । प्रदेश १ ले पठाएको स्वास्थ्यकर्मीको टोलीले कोरोना परिक्षण शुरु गरेको हो ।
 
संक्रमित लुकेर बसेका मस्जिद सगै रहेका करिब ५० घर मुस्लीम समुदायको कोरोना परिक्षण शुरु गरिएको हो । अहिले पुरै गाउँलाई सुरक्षा घेरा भित्र राखेर कोरोना परिक्षण शुरु गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए ।  मुस्लीम समुदायको सबैको स्वाब संकलन गरिने र संक्रमितसँग हेलमेल भएकाहरुको अन्य स्थानीयको समेत स्वाब संकलन गरिने मेयर चौधरीले जानकारी दिए । 

सो गाउँलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा घेरा भित्र राखिएको छ । संक्रमित १२ जनालाई शुक्रबार साँझ नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस