
काठमाडौं । नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया युवती शनिबार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर घर फर्केिइन्।
२७ दिनको अस्पताल बसाई पछि ती युवती निको भएर आज घर फर्किएकी हुन् ।
न्सबाट चैत ४ गते कतार हुँदै नेपाल आएकी ती युवतीका चैत १० गते संक्रमण भएको पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरिएको थियो।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जारी गरिएको भिडियो सन्देशमा उनले यसो भनिन्ः
म घर आइसकेपछि आइसोलेसनमा बसेको थिए। घर आएको चौथो दिनमा मेरो भियतनामी साथीले आफूलाई कोभिड(१९ पोजेटिभ देखियो भनेको भएर म पनि परीक्षण गरिहालौं भनेर त्यही दिन नै म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएको थियो। त्यसबेला मेरो खासै लक्षणहरु देखिएको थिएन। स्वाव निकालिएको दुई दिन पछि रिपोर्ट आउदा म पनि कोभिड पोजिटिभ देखिए। यसरी म पनि नेपालकै दोस्रो कोभिड१९ पोजेटिभ केश हुन पुगे।
२७ दिनसम्म अस्पतालमा बसे। मेरो रिपार्ट आउने बित्तिकै मलाई सजिलो पार्न यहाँका डाक्टरहरुले घरमा एम्बुलेन्स पठाइदिनुभएको थियो। म आएकै दिन डा अनुप बास्तोला लगायतले स्वागत गर्नुभयो र चिन्ता नगर्नुस ठिक हुन्छ भनेर प्रेरणा दिइरहनुभयो।
त्यहीदिन देखि यहाँका डाक्टर, नर्स सबैले व्यवसायिक रुपमा मात्रै हैन मेरो उपचारमा व्यक्तिगत रुपमा पनि त्यतिकै खटिएर लाग्नुभएको छ। अस्पतालको रेखदेखमा म एकदमै सन्तुष्ट छु। विशेष गरि डाक्टर सागरराज भण्डारी र डा। बास्तोलालाई विशेष धन्यवाद भन्न चाहान्छु।
मलाई एकदिन खोकी लाग्दा त्यसको ४/५ घण्टामै मेरो छातीको एक्सरे पनि भैसकेको थियो। त्यसैले मलाई अस्पतालमा केही कमी महशुस भएन।
मलाई टेकु आएको एक दुई दिनपछि बल्ल लक्षण देखिन थालेको हो। मलाई श्वास फेर्न अप्ठारो भएको थियो। पेटमा दुखाइ, खोकी लाग्थ्यो र थकाई चाँही एकदम चाँडै लाग्थ्यो।
म सेल्फ आइसोलेसनमा बसेकाले अरुलाई फैलन पाइन। तर धेरै मान्छेहरु आइसोलेसनमा बस्न पाएका छैनन। मसँग जे सुबिधा थियो त्यो उहाँहरुसँग थिएन होला। जहाँ आइसोलेसन तथा अन्य सुबिधा पुगेको छैन् त्यहाँ व्यवस्था गरिदिन सरकारलाई अनुरोध गर्छु।
सेल्फ आइसोलेसन महत्वपूर्ण हो भन्ने मेरो केसबाट पनि देखियो। म आइसोलेसनमा बसेकाले मेरो परिवारलाई नेगेटिभ आउनुभयो। सेल्फ आइसोलेसनमा बसेको थिएन भने मेरो परिवारलाई पनि फैलन्थ्यो र उहाँबाट अरु धेरैलाई पनि फैलन सक्थ्यो। यदि तपाई बाहिरबाट आउनुभएको छ भने अहिले सरकारले परीक्षण गर्ने सुबिधा दिएको छ, परीक्षण गरिदिनुहोला।
मिडियाको साइडबाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोगसम्बन्धि गलत सुचना सम्प्रेषण नगरिदिनुहोला। मिडियाले भयावह फैलाइदिदा लक्षण देखिएका मानिसहरु पनि परीक्षण गर्न आउनै डराउनुहुन्छ जस्तो लाग्छ। त्यस्तो मैले पनि महशुस गरेको थिए। मैले टेस्ट गराउँदा मेरोमा पनि नकरात्मक पोस्टहरु आइपुगेको थियो। त्यसबेला सत्यकुरा बोल्नुभएको पत्रकारलाई चाँही म धन्यवाद भन्न चाहान्छु।
आफूलाई सकेसम्म बचाउनुहोला माक्स, ग्लोब्स, चस्मा लगाउनुहोला। सरकारले दिएका सुचनामा ध्यान दिनुहोला। धेरै हिडडुँल यसबेला नभएको राम्रो। सेल्फ आइसोलेसनमा बस्नुहोला भन्ने सुझाव सबैलाई दिन चाहान्छु।
अन्य संक्रमितलाई धैर्यताका साथ बस्नुहोला भन्न चाहान्छु। मेरो पनि यो एकचोटी ठिक भएको कुरो हैन। मेरो पनि लगातार परीक्षण गरेपछि नेगेटिभ आएको हो। केही समय लाग्ला तर केयर पुगिरहेको छ भने धेरै आत्तिनुपर्ने कुरो हैन। यसका लक्षणहरु नै मनलाई अत्याउने खाले रैछन्। श्वास फेर्न गाह्रो हुने लगायत लक्षणहरु भएपनि कृपया आत्मबल बढाउनुहोला। आफ्नो केयर गर्नुहोस्। ठिक चाँही हुनुहुनेछ।
अब रिकभरी हुनु भनेको मैले मेरो लागि राम्रो मौका पाएको छु। मेरो रिकभरी भएसँगै प्लाज्मामा एन्टिबडी भएको भएर यो सामाजलाई डोनेट गर्न पाउँछु। भविष्यमा कोही पनि कोरोनाको सिकिस्त विरामी देखिए भने मैले डोनेट गरेको प्लाज्माले सहयोग गरोस्। जो जो निको हुनुहुन्छ, उहाँहरुलाई पनि सँगै डोनेट गरौं भन्न चाहान्छु।
प्रतिक्रिया दिनुहोस