
काठमाडौं । कोभिड (१९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टेर्स एशोशिएसनले शुक्रबार सशस्त्र प्रहरी बललाई १०,००० थान मास्क हस्तान्तरण गरेको छ।
हलचोक स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा एशोसिएसनकाका अध्यक्ष दिपक कुमार मल्होत्रा सहितको पदाधिकारीहरुले संयुक्त टोलिले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेको हुन ।अध्यक्ष मल्होत्राले यस सहयोगले कोभिड -१९ को महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस