
एजेन्सी । कोरोनाको आतंक सम्बन्धी एक रोचक समाचार बाहिर आएको छ । कोरोना भाइरसको कारण भारतको दिल्ली लरेन्स रोडमा एक रोचक दृष्य देखिएको छ जहा सडकभरी पैसा छरिएका छन तर कसैले चासो देखाएका छैनन । दिल्लीको लरेन्स रोडभरी ५०० रुपैयाका नोटहरू घरको बाहिर सडकको छेउमा खुला अवस्थामा थिए तर कसैले पनि ती नोटहरू टिप्ने आट गरेनन ।
यस इलाकामा बसोबास गर्ने मानिसहरूले यी नोटहरू देखे तर ती नोटहरु कसैले टिप्ने आटसम्म पनि गरेनन किनकी ती नोटहरु कोहि कोरोना संक्रमितले कोरोना फैलाउने उद्देश्यले बाटोमा पैसा फालेको हुनसक्ने आशंकाले उनीहरूले सोचे कि कसैले नोटहरू यहाँ छोडे होलान ।
यसपछि, पुलिस बोलाइयो र त्यहा सफा गरेपछि यी नोटहरू खामहरुमा राखेर प्रहरीले चौकी तर्फ लगे । भारतीय एक अखबारका अनुसार सम्पूर्ण रहस्य उजागर भएको छ जब एउटी महिलाले प्रहरीलाई बताइन् कि उनले एटीएमबाट निकालेका ती नोटहरू कौसीमा सेनिटाइजर छर्केर सुकाइरहेका बेला केही नोटहरू हावाका कारण सडकमा पुगेका थिए । एक प्रहरी अधिकारीले उक्त अखबारलाई भने, “कसैले पनि सडकमा छरिएका नोट उठाएन । राम राज्य आएको जस्तो लाग्यो।“
प्रतिक्रिया दिनुहोस