
भारत । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । वल्डो मिटर डट इन्फोमा उल्लेख भएको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय २१ पुगेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
संक्रमितको संख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ हजार १३भन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १६ हजार ३ सय ६५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस