aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भेरी अस्पतालबाट पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
भेरी अस्पतालबाट पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरू

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण शुरू भएको छ । कोरोना जाँच मेसिनको शनिबार विज्ञ टीमबाट जडान सकिएसँगै नमूना लिन शुरू गरिएको हो ।

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश बहादुर थापाका अनुसार अब २ सिफ्टमा सञ्चालन गरी एक दिनमा कम्तीमा एक सय जनाको जाँच गर्न सकिनेछ ।

पीसीआर सञ्चालनमा आएसँगै २ जनाको नमुना लगिएको छ । अब बाँके र बर्दियाका जिल्लाको कोरोना जाँच भेरी अस्पतालमा हुनेछ ।

यसअघि बाँकेका एक सय जनाको नमूना परिक्षणका लागि रास्टृय प्रयोगशाला पठाएकोमा ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १३ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस