सर्लाही । र्यापिड टेस्ट पोजेटिभ देखिएका सर्लाहीका १४ वर्षीय किशोरमा कोरोना नभएको पुष्टि भएको छ । धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरमा कोरोना भाइरस नरहेको पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ।
गएको चैत २३ गते छिमेकी मुलुक भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका उनको शुक्रबार र्यापिड डाइग्नोस्टिक टेस्टमा एन्टिबडी पोजिटिभ देखिएको थियो।
किशोरसँगै क्वारेन्टाइनमा बसेका सोही स्थानका अर्का एक पुरुषको भने आरडिटी टेस्ट नेगेटिभ आएको थियो। लगत्तै दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस