aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कैलालीका तन्नेरी कोरोना जितेर एम्बुलेन्स चढेर घर  गए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
कैलालीका तन्नेरी कोरोना जितेर एम्बुलेन्स चढेर घर  गए

कैलाली  । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना सङ्क्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्केका छन् ।

 उनलाई  सुदूरपश्चिम प्रदेशका  सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर बिदा गरेका थिए । अस्पतालबाट  उनी एम्बुलेन्स चढेर अस्पतालबाट घर फिर्ता भएका  थिए ।

भारतबाट आएका उनलाई गत चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतबार घर फर्काइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए । अब अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । ती सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस