aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उद्योगी र श्रमिकबीचमा तलब कटौतिको विषयमा भ्रम फैलाएको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
उद्योगी र श्रमिकबीचमा तलब कटौतिको विषयमा भ्रम फैलाएको आरोप

काठमाडौं । रोजगारदाता र श्रमिक संगठनबीचमा खाइपाइ आएको तलबको आधामात्र लिने दिने सहमतिभएको समाचार प्रति खेद जनाएको छ । ट्रेड युनियनहरु श्रमिकले खाईपाई आएको तलव कटौती गर्न सहमत भएको भन्ने समाचार  संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको गम्भीर ध्यनाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

कोरोना भाईरस विरुद्धको संघर्षमा बिश्व नै लकडाउन भएको परिस्थितिमा श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढङ्गले क्रियाशील रहेका नेपालका सम्पूर्ण ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्दले अघि नै आफ्ना सुझाव सल्लाह सहित आफ्ना माग समावेश गरी ज्ञापन पत्र नेपाल सरकारलाई पेश गरेको जनाएको छ ।

रोजगारदाता, सरकार र सरोकारवालासँग बैठक गरी नोबेल कोरोना भाईरस बिरुद्धको संघर्षमा साथ रहने प्रतिवद्वता समेत जाहेर गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस