
काठमाडौं । यतिबेला कोभिड–१९ का सङ्क्रमण भटाभट स्वस्थ्य भएर घर फर्किन थालेपछि नेपालीले खुशी भएका छन् । लगातार कोभिड–१९ सङ्क्रमण भएको अवस्था हिजो र आज दुई दिनमा तीनजना सङ्क्रमित पूर्ण स्वस्थ्य भएर घर फर्किएपछि खुशी भएका हुन् । ३१ सङ्क्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् ।
शुक्रबार उदयपुर १२ र चितवनमा दुईजना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएपछि खुशी भएका हुन् । त्यसभन्दा अगाडि चीनको वुहानबाट आएका एक सङ्क्रमित पहिले नै स्वस्थ्य भएर घर फर्किसकेका थिए ।
बाग्लुङकी ६५ वर्षीया महिलामा दम र उच्चरक्तचापको बिरामी भए पनि सङ्क्रमणलाई जितेर घर फर्किनु र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत रहनुभएका ८१ वर्षीया महिलाको पनि स्वास्थ्य सामान्य नै रहेको छ । ती दुई उदाहरणले सङ्क्रमणसँग लड्न नेपालीमा साँच्चै नै आत्मबल र उपचार पद्धतिको प्रक्रिया राम्रो भएको चिकित्सकले बताएका छन् ।
अर्को कुरा समयमा नै सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि नेपालमा सङ्क्रमण फैलिन पाएन । तैपनि नेपालमा लोकल टान्समिशन भएर दोस्रो चरणमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा समयमा नै उपचार पद्धति र बिरामीको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्की बताए ।
पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका तीनैजना बिरामीले पनि सरकारको उपचारमा राम्रो तयारी र आफ्नो आत्मबलले कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताएका थिए । यो २४ घण्टामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहनुभएका काठमाडौँकी प्रसिद्धि श्रेष्ठ घर फर्केकी
छन । उनी फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी थिइन । चैत १० गते कोभिड–१९ को सङ्क्रमण देखिएपछि ११ गते अस्पतालमा भर्ना भएकी थिइन ।
यसैगरी हिजो राति नै धौवलागिरि अञ्चल अस्पतालमा उपचारत रहनुभएका बागलुङ घर भएकी कोभिड–१९ सङ्क्रमित ६५ वर्षीया पनि डिस्चार्ज भइन । आज धनगढीको सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएका लम्की चुहाका २१ वर्षीय युवक पनि स्वस्थ्य भएर घर फर्केका छन । उनमा गत चैत २२ गते सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।
टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएकामा खुशी लागेको बताए । उनले शरीरसँग लड्ने क्षमता भएका कारणले चाँडो निको भएको बताए । सङ्क्रमित भएकामा पनि कोही पनिलाई सघन उपचार कक्षमा लगेको उपचार गर्नु परेको छैन उनले भने, सबैलाई आइसोलेशनमा राखेर उपचार गरिरहेका छौँ । उनहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अस्पतालका निर्देशक डा राजभण्डारीले टेकुमा उपचार गराइरहेका अर्का एकजनामा पनि सामान्य रहेको जानकारी दिए । उनका अनुसार ती बिरामी सोमबार र मङ्गलबार कोभिड–१९ को परीक्षण नतिजाका आधारमा डिस्चार्ज गरिने छ ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले बिरामीलाई समयमा नै अस्पताल पु¥याएको र अस्पतालमा रहेको प्राविधिक दक्ष जनशक्तिका कारण सङ्क्रमितलाई दुर्घटनाबाट जोगाउन सकिएको बताए । उनले सबै बिरामीमा भएको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताए । “हामी कहाँ कोही पनि बिरामी सिकिस्त छैनन्”, उनले भने, सङ्क्रमण पछि निको भएका बिरामीले पनि आत्मबलले कोभिड–१९ लाई जितेको पाइयो । हामी नेपालीमा आत्मबल नै बढी भएकाले निको भएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालीमा रोगसँग लड्ने क्षमता बढी भएको र कडा खालको भाइरस नदेखिएकाले बिरामी निको भएको बताए । उनले सङ्क्रमित रहेका तीनजनाबाहेक अरूको पनि स्वास्थ्य सामान्य रहेको बताए । “संसारभरि सङ्क्रमण फैलिएर जीवन क्षति भइरहेको अवस्थामा नेपालमा कसैलाई पनि केही भएको छैन”, उनले भने, नेपालीमा भएको क्षमताले नै गर्दा सङ्क्रमणबाट केही जीवन क्षति भएन ।”
मन्त्रालयका अनुसार अहिले १०३ जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ, तीमध्ये २७ जना भने सङ्क्रमित हुन् । सङ्क्रमितमध्ये १३ उदयपुर, तीन पर्सा, एक रौतहट, दुई चितवन, दुई पाटन अस्पताल, एक टेकु, चार कैलाली र एकजना बागलुगमा उपचाररत छन । रासस
प्रतिक्रिया दिनुहोस