aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

क्वारेन्टाइनबाट भाग्ने फेरी जंगल तिर भागे, खोजी तिब्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
क्वारेन्टाइनबाट भाग्ने फेरी जंगल तिर भागे, खोजी तिब्र

लमजुङ । बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । 

कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ ।

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बेसीशहर आइपुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय  मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । 

बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उनले जानकारी दिए । 

उक्त क्वारेन्टाइनमा नौ जना छन् । त्यहाँ सशस्त्र  र नेपाल प्रहरीका दुईदुई  प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् ।  

उनकी आमा  र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए । मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए । 

घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस