aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अफगानिस्तानको राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
अफगानिस्तानको राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोना संक्रमण

अफगानिस्तान । अफगानिस्ताको राष्ट्रपति कार्यालयका २० जनाभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सरकारी अघिकारीलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका २० जना मानिसमा कोभिड–१९ को संक्रमण देखिएको उल्लेख गरेको छ । 

अहिलेसम्म अफगानिस्तानको सरकारले भने यस विषयमा केही प्रतिक्रिया दिउको छैन । साथै अफगानी राष्ट्रपति असरफ घानी कोरोना भाइरस संक्रमित भएको वा नभएको भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

बिहीबार अफगानिस्तानको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्वीरमा राष्ट्रपति घानीले इरानी अधिकारीसँग भौतिक दूरी कायम राख्दै भेटघाट गरेको देखिएको थियो ।

अहिलेसम्म अफगानिस्तानमा समग्रमा नौ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र यसबाट ३३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । अफगानिस्तानको कमजोर स्वास्थ्य प्रणालीको कारण धेरै मानिसमा यसको परीक्षण हुन सकेको छैन ।

यो भाइरस अफगानिस्तानमा तीवं गतिमा बढ्न सक्ने आशंका व्यक्त गरिएको छ । गत मार्च महिनामा अफगानिस्तानमा एक लाख ५० हजारभन्दा बढी मानिस भाइरसबाट प्रभावित क्षेत्रबाट फर्किएको समचार सार्वजनिक भएको थियो । बीबीसी 

प्रतिक्रिया दिनुहोस