aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उदयपुरमा २५२ जनाको स्वाब संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ बैशाख २०७७
उदयपुरमा २५२ जनाको स्वाब संकलन

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केमा २५२ जनाको स्वाब संकलन संकलन गरिएको छ । भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो र आज गरी २५२ जनाको स्वाब संकलन गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हिजो संकलन गरिएको स्वाब संकलन राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा रहेको बताएका छन् । उनले आज संकलन गरिएको स्वाब संकलन काठमाडौं ल्याउने तयारी भइरहेका जानकारी दिए । 

१३ जना संक्रमित फेला परेसंगै स्थिति भयाभह भएपछि जिल्लामा प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सांसद, जिल्लास्थित राजनीतिक दल, जिल्ला समन्वय समिति, त्रियुगा नगरपालिका, स्थानीय प्रशासनको संयुक्त बैठकबाट केन्द्रीय सरकारसँग अनुरोध गर्ने निर्णय अनुसार नेपाली सेनाको टोलीले स्वाब संकलन गरेको हो । 

कोरोना संक्रमण पुष्टि भएपछि भुल्के बस्तीलाई शनिबार रातिबाट नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस