
काठमाडौं । कोरोना भाइरसले विश्वभर आतंक मच्याइरहेको छ । हाल सम्म विश्वभर झण्डै २५ लाख संक्रमित भएका छन् । यसबाट १ लाख ७० हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । साढे ६ लाख भन्दा बढि संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा प्रभावित बनेका छन् । जहाँ हालसम्म संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ भने ४२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ७२ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोनाका कारण इटालीमा २४ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । इटालीमा एक लाख ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट स्पेनमा २० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने दुई लाखभन्दा बढी संक्रमित भएका छन् ।
त्यसैगरी, फ्रान्समा २० हजार २ सय, बेलायतमा १६ हजार पाँच सय, जर्मनीमा ४ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा ५ हजार २ सय, नेदरल्याण्डमा ३ हजार ७ सय, बेल्जियममा ५ हजार ८ सयभन्दा बढीको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस